कुमारी बैंकले ल्यायो ‘टपअप र फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ’ योजना

हिमाल प्रेस ३ वैशाख २०८२ २०:०५ | Wednesday, April 16, 2025
कुमारी बैंकले ल्यायो ‘टपअप र फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ’ योजना

काठमाडौँ – कुमारी बैंकले नयाँ योजना ‘टपअप र फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ’ सार्वजनिक गरेको छ।

यस योजनाअन्तर्गत ग्राहकहरूले आइफोन १६ लगायतका आकर्षक उपहार जित्नुका साथै हरेक साता सय जनाले सय रुपैयाँको रिचार्ज पाउने बैंकले जनाएको छ।

योजनामा सहभागी हुनका लागि ग्राहकहरूले कम्तीमा सय रुपैयाँको मोबाइल टपअप र कम्तीमा पाँच सय रुपैयाँको फोनपे डाइरेक्ट कारोबार अफर अवधिभर पूरा गर्नुपर्नेछ।

यो प्रक्रिया पूरा गरेपछि ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहार आइफोन १६ का लागि स्वतः योग्य हुने बैंकले जनाएको छ। यसअन्तर्गत प्रत्येक हप्ता सय जना भाग्यशाली विजेताहरूले सय रुपैयाँको मोबाइल टपअप जित्न सक्नेछन्। साथै योजना समाप्त भएपछि सहभागी मध्येका एक जना भाग्यशाली विजेताले बम्पर उपहारस्वरूप आइफोन १६ जित्ने अवसर प्राप्त गर्ने बैंकले जनाएको छ।

यो योजना वैशाख १ गतेदेखि ३१ वैशाखसम्म सञ्चालन हुनेछ।

प्रकाशित: ३ वैशाख २०८२ २०:०५ | Wednesday, April 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast