‘किक लाइफ स्टाइल’ बन्यो नेपालको नम्बर एक ‘एसेसोरिज ब्रान्ड’

हिमाल प्रेस २ वैशाख २०८२ १५:४५ | Tuesday, April 15, 2025
‘किक लाइफ स्टाइल’ बन्यो नेपालको नम्बर एक ‘एसेसोरिज ब्रान्ड’

काठमाडौँ- ‘किक लाइफ स्टाइल’ नेपालको नम्बर एक रेटेड टेक ‘एसेसोरिज ब्रान्ड’ बन्न सफल भएको छ।

१९ वर्षीय नेपाली उद्यमी कुमोद बेगवानीले १८ जुलाई २०२३ मा स्थापना गरेको ‘किक लाइफ स्टाइल’ नेपालको नम्बर एक रेटेड टेक ‘एसेसोरिज ब्रान्ड’ बन्न सफल भएको हो।

किकले बजारमा ल्याएको तीन हजारभन्दा कम मूल्य पर्ने नेपालकै पहिलो एक्टिभ न्वाइज क्यान्सेलेसन (एनसी) इयरबड्स बेस्टसेलर बनेको छ। पाँच हजारभन्दा ग्राहकहरूको विश्वास जित्दै ४.४÷५ स्टारको उच्च रेटिङ प्राप्त गरेको किकले जनाएको छ।

त्यस्तै किकले नेपालमा पहिलोपटक ल्याएको टच स्क्रिन इयरबड्सले चार स्टारभन्दा माथिको रेटिङ प्राप्त गरेको छ। १२० घण्टा ब्याकअप प्रदान गर्ने किक एयरोपड्स १४१ ले सात हजारभन्दा बढी ग्राहकको विश्वास जित्दै ४.४ स्टार रेटिङ प्राप्त गरेको कम्पनीले जनाएको छ।

गेमिङका पारखीहरूका लागि ल्याइएको नेपालकै पहिलो गेमिङ इयरबड्स ३७ एमएक लो–लेटेन्सीले गेमरहरूलाई उत्कृष्ट अनुभव प्रदान गरेको छ। हालसालै किकले ल्याएको हाइब्रिड प्रविधियुक्त किक बड्स एस२ प्रो नेपालकै पहिलो विदेशी ब्रान्ड बनेको छ।

किक लाइफस्टाइलले उत्कृष्ट उत्पादनका साथै ग्राहकहरूलाई घरमै पुगेर सेवा उपलब्ध गराउने गरेको छ। प्रविधि र दिगोपनमा सक्रिय किक लाइफस्टाइलको वेबसाइटमा गरिएको प्रत्येक अर्डरले एउटा वृक्षारोपण गराउने गरेको कम्पनीले जनाएको छ।

पचास हजारभन्दा बढी ग्राहकलाई सन्तुष्ट पादै ४.४ स्टार औसत रेटिङसहित किकले नेपालकै नम्बर एक रेटेड टेक एसेसोरिज ब्रान्डको उपाधि पाएको छ।

प्रकाशित: २ वैशाख २०८२ १५:४५ | Tuesday, April 15, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast