कान्स प्रोड्यूसर्स नेटवर्कका लागि चयन भए लेखक, निर्देशक तथा निर्माता प्रदीप शाही

हिमाल प्रेस ५ वैशाख २०८२ १५:५७ | Friday, April 18, 2025
कान्स प्रोड्यूसर्स नेटवर्कका लागि चयन भए लेखक, निर्देशक तथा निर्माता प्रदीप शाही

काठमाडौँ- ब्रिटिश-नेपाली लेखक, निर्देशक तथा निर्माता प्रदीप शाही सन् २०२५ मा हुने कान्स प्रोड्यूसर्स नेटवर्कका लागि चयन भएका छन्। याे विश्वप्रसिद्ध प्रतिष्ठित प्लेटफर्म कान्स फिल्म फेस्टिभल अन्तर्गतको मर्चे डु फिल्ममा समावेश गरिन्छ।

योसँगै शाही विश्वभरका प्रभावशाली निर्माता र फिल्म क्रिएटरहरूको सूचीमा स्थान बनाउन सफल भएका छन्। शाहीले यस वर्ष मे महिनामा आयोजना हुने कान्स फिल्म मार्केटमा आफ्नो नयाँ साइ-फाइ फिल्म ‘एक्लो’ प्रस्तुत गर्नेछन्। ‘एक्लो’ हिमालयको आध्यात्मिकता र मिथकीय पृष्ठभूमिमा आधारित छ।

कान्स प्रोड्यूसर्स नेटवर्कमा भाग लिन पाउनु मेरो लागि ठूलो सम्मान हो’,शाही भन्छन्, ‘यो केवल एउटा फिल्म प्रस्तुत गर्ने कुरा होइन, नेपाललाई विश्वसामु चिनाउने प्रयास पनि हो।’ उनका अनुसार ‘एक्लो’ मार्फत उनले नेपालमै बसेर पनि विश्वस्तरको फिल्म निर्माण सम्भव छ भन्ने कुरा देखाउन खोजेका छन्।

निर्देशक शाहीका अनुसार अनुसार नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने उद्धेश्यका साथ ‘एक्लो’ निर्माण गरिएको हो। ‘एक्लो’ निर्देशक शाहीले बेलायतमा फिल्म मेकिङ पढेका हुन्। त्यहाँ केही सर्टफिल्म र सिरिजमा काम गरेपछि उनले नेपाली फिल्म निर्देशनमा होमिएका थिए।

‘एक्लो’ मार्फत शाहीले नेपाली सिनेमाको दायरा अझ फराकिलो बनाउँदैछन् पौराणिकता, अस्तित्ववादी भय र गहिरो दृश्य–कथावाचन शैली अपनाएका छन्।

फिल्ममा प्रदीप खड्का, बेनिशा हमाल, विजय लामा, सुनील थापा, दिया पुन, दिनेश डिसी, सुरज सिंह ठकुरी, एवन राज उप्रेति, कविता नेपाली , त्रुचु राई, कृष्णभक्त महर्जनलगायत कलाकारको अभिनय छ।

निर्देशक शाही गोर्खा सैनिकमा आधारित पहिलो नेपाली फिल्म ‘१९१५ः लेजेन्ड अफ द गोरखा’ र प्राचीन हिमालयन परम्परा ‘स्काइ ब्युरियल’ मा आधारित ‘द लास्ड रिचअल’ का निर्देशकका रूपमा परिचित छन्। यी दुवै फिल्म अमेजन प्राइममा हेर्न सकिनेछ।

प्रकाशित: ५ वैशाख २०८२ १५:५७ | Friday, April 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast