काठमाडौँमा हावाहुरीसहित भीषण वर्षा, हवाई उडान प्रभावित

हिमाल प्रेस ३० चैत २०८१ ८:४५ | Saturday, April 12, 2025
काठमाडौँमा हावाहुरीसहित भीषण वर्षा, हवाई उडान प्रभावित

काठमाडौँ- काठमाडौँ बिहानैदेखि ठूलो वर्षा सुरु भएको छ। अहिले उपत्यकाभर मेघगर्जन र हावाहुरीसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

चट्याङ र हावाहुरीबाट सचेत हुन महाशाखाले अनुरोध समेत गरेको छ। महाशाखाका अनुसार पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका कारण वर्षा भएको हो। अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव उपत्यकामा देखिएको छ।

हावाहुरी र प्रतिकूल मौसमका कारण आन्तरिक तथा बाह्य उडान प्रभावित बनेका छन्। त्रिभुवन विमानस्थलबाट उडान भरेका केही विमान प्रतिकूलताका कारण फर्किएका छन् भने कुनै विमानले उडान भर्न सकेका छैनन्।

प्रकाशित: ३० चैत २०८१ ८:४५ | Saturday, April 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast