कांग्रेस सांसदको प्रश्न- शिक्षकलाई संघअन्तर्गत राख्न तयार हो?

हिमाल प्रेस १६ वैशाख २०८२ १४:५८ | Tuesday, April 29, 2025
कांग्रेस सांसदको प्रश्न- शिक्षकलाई संघअन्तर्गत राख्न तयार हो?

काठमाडौँ- नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै संविधान संशोधन गरेर शिक्षकलाई संघीय सरकारअन्तर्गत राख्न सबै सांसद तयार हो? भन्दै प्रश्न गरेका छन्।

सांसद तिमल्सिनाले शिक्षकका मागहरू सम्भव भएसम्म सबै पूरा गरेर विद्यालय फर्काउने वातावरण बनाउन माग गरे। उनले शिक्षकका मागहरू पूरा गर्न २७५ जना सांसद नै तयार रहेको भन्दै तत्काल सबैले हस्ताक्षर गरेर संविधान संशोधन गरेर संघमा शिक्षकलाई ल्याउने व्यवस्था गर्न आग्रह गरे।

बैठकमा उनले भने,‘शिक्षालाई स्थानीय तहमा नराख्न संविधान संशोधनको कुरा आउँछ। अब सबै दल एकजुट हुनुहुन्छ अहिले, २७५ जना नै तयार? तत्काल २७५ जनाले नै हस्ताक्षर गरेर संविधान संशोधन गरेर संघमा शिक्षकलाई ल्याउने व्यवस्था गर्नुपर्‍यो। नत्र भने गोहीको आँसु चुहाउने काम कसैले नगरौँ।’

कांग्रेस निकट नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरीले पनि माध्यमिक तहसम्मको अधिकार स्थानीय तहलाई मात्र नभई तीन तहकै साझा अधिकारभित्र राख्नुपर्ने बताए। अध्यक्ष गिरीले संविधानको अनुसूची ८ होइन ९ कार्यान्वयनमा ल्याउनुपर्ने बताए।

प्रकाशित: १६ वैशाख २०८२ १४:५८ | Tuesday, April 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast