 
                             
                                            काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसबाट प्रतिनिधिसभाका सांसद खमबहादुर गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्रीमा नियुक्त गरेका छन्।
राष्ट्रपति पौडेलले मौजुदा मन्त्रिपपरिषद्मा संविधानबमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनलाई बुधबार राज्यमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
गर्बुजा २०७९ मंसिरमा भएको निर्वाचनमा म्याग्दी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
यसअघि कांग्रेसको तर्फबाट ऊर्जा राज्यमन्त्री रहेका पूर्णबहादुर तामाङ (कान्छाराम) बर्खास्त भएपछि गर्बुजालाई नियुक्त गरिएको हो।
कांग्रेसको सिफारिसमा प्रधानमन्त्री ओलीले तामाङलाई गत बुधबार राज्यमन्त्रीबाट बर्खास्त गरेका थिए।
ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हटाउने प्रकरणमा तामाङ कुलमान घिसिङको पक्षमा देखिएका थिए। मन्त्री खड्का त्यही बेलादेखि उनीसँग चिढिएका थिए।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 