कांग्रेसको सिफारिसमा बर्खास्त भए ऊर्जा राज्यमन्त्री तामाङ

हिमाल प्रेस १० वैशाख २०८२ १८:१९ | Wednesday, April 23, 2025
कांग्रेसको सिफारिसमा बर्खास्त भए ऊर्जा राज्यमन्त्री तामाङ

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई बर्खास्त गरेका छन्।

प्रधानमन्त्री ओलीले तामाङलाई बुधबार बर्खास्त गरेका हुन्। राज्यमन्त्री तामाङलाई बर्खास्त गरिएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।

गत निर्वाचनमा रामेछापबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनी २०८१ साउन १८ गते ऊर्जा राज्यमन्त्री नियुक्त भएका थिए।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट तामाङलाई कांग्रेसकै सिफारिसमा बर्खास्त गरिएको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ।

‘दलीय व्यवस्थामा सम्बन्धी दलकै सिफारिसका आधारमा मन्त्री नियुक्ति र बर्खास्तगी हुन्छ,’ प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो,‘कांग्रेस पार्टीले गरेको सिफारिसका आधारमा उहाँलाई बर्खास्त गरिएको हो।’

ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकारका कार्यकारी निर्देशक हटाउने प्रकरणमा तामाङ कुलमान घिसिङको पक्षमा देखिएका थिए। मन्त्री खड्का त्यही बेलादेखि उनीसँग चिढिएका थिए।

प्राधिकरणको तत्कालीन कार्यकारी निर्देशक घिसिङको पक्षमा देखिएपछि कांग्रेसले तामाङलाई राजीनामा दिन आग्रह गर्दै आएको थियो। राजीनामा दिन तयार नभएपछि कांग्रेसको सिफारिसका आधारमा प्रधानमन्त्री ओलीले उनलाई बर्खास्त गरेका हुन्।

प्रकाशित: १० वैशाख २०८२ १८:१९ | Wednesday, April 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast