कति छ आजको तरकारीको मूल्य?

हिमाल प्रेस १७ वैशाख २०८२ ७:५६ | Wednesday, April 30, 2025
कति छ आजको तरकारीको मूल्य?

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो ४५, आलु रातो प्रतिकिलो ३६, आलु रातो (भारतीय) प्रतिकिलो ३२, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३८, गाजर (लोकल) प्रतिकिलो ४०, गाजर (तराई) प्रतिकिलो २५ रुपैयाँ रहेको छ।

बन्दा (लोकल) प्रतिकिलो १५, बन्दा (नरिवल) प्रतिकिलो २०, काउली (स्थानीय) प्रतिकिलो ३०, मूला रातो प्रतिकिलो ४५, मूला सेतो (लोकल) प्रतिकिलो २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो ३०, भन्टा डल्लो प्रतिकिलो ५०, तने बोडीको मूल्य प्रतिकिलो ८० कायम गरिएको छ।

यसैगरी, मटरकोसा प्रतिकिलो १२०, घिउ सिमी (लोकल) प्रतिकिलो ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ८०, टाटे सिमी प्रतिकिलो ९०, भटमास कोसा प्रतिकिलो १५०, तितो करेला प्रतिकिलो ४०, लौका प्रतिकिलो २५, परबर (लोकल) प्रतिकिलो ७०, परबर (तराई) प्रतिकिलो ७०, चिचिण्डो प्रतिकिलो ५०, घिरौला प्रतिकिलो ४०, झिगुनी प्रतिकिलो ८०, फर्सी पाकेको प्रतिकिलो ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ३०, सलगम प्रतिकेजी ८०, भिण्डी प्रतिकिलो ५० कायम गरिएको छ।

यस्तै, सखरखण्ड प्रतिकिलो ६०, बरेला प्रतिकिलो ५०, पिँडालु प्रतिकिलो ९०, स्कूस प्रतिकिलो ५०, रायो साग प्रतिकिलो ७०, पालुंगो साग प्रतिकिलो १३०, चमसुरको साग १३०, तोरीको साग प्रतिकिलो ३५, मेथीको साग प्रतिकिलो १३०, प्याज हरियो प्रतिकिलो ५०, बकुला प्रतिकिलो ५०, तरुल प्रतिकिलो १००, च्याउ (कन्य) प्रतिकिलो २५०, च्याउ (डल्ले) प्रतिकिलो ३५०, कुरिलो प्रतिकिलो ६०० निर्धारण गरिएको छ।

निगुरो प्रतिकिलो ५०, ब्रोकाउली प्रतिकिलो ९०, चुकुन्दर प्रतिकिलो ६०, सजीवन प्रतिकिलो १००, कोइरालो प्रतिकिलो २५०, रातो बन्दा प्रतिकिलो ६५, जिरीको साग प्रतिकिलो ६५, ग्याठकोभी प्रतिकेजी ६०, सेलरी प्रतिकिलो २००, पार्सले प्रतिकिलो ३००, सौफको साग प्रतिकिलो १२०, पुदिना प्रतिकिलो २५०, गान्टे मूला प्रतिकिलो ५०, इमली प्रतिकिलो १७०, तामा प्रतिकिलो १००, तोफु प्रतिकिलो १४० र गुन्द्रुक प्रतिकिलो ३५० तोकेको छ।

प्रकाशित: १७ वैशाख २०८२ ७:५६ | Wednesday, April 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast