प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले स्वास्थ्यका कारण राजीनामा दिएको दाबी गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन्।
ओलीले राजीनामा गर्न बाध्य बनाएको भनेर भ्रम फैलाएको टिप्पणी गर्दै उनले भने, ‘मैले नै मन्त्री बनाएको हुँ। काम गर्न सिकाइरहेको थिएँ।’ ओलीले शिक्षा मन्त्रालयको कार्यक्षेत्र धेरै रहेको बताए। उनले भने, ‘उहाँले स्वास्थ्य समस्याका कारण राजीनामा दिनुभएको हो।’
प्रकाशित: ९ वैशाख २०८२ १५:५९ | Tuesday, April 22, 2025
प्रतिक्रिया




