ऐन माग्दै देशभरका शिक्षक काठमाडौँमा [तस्बिरहरू]

हिमाल प्रेस २० चैत २०८१ १७:२५ | Wednesday, April 2, 2025
12
SHARES
ऐन माग्दै देशभरका शिक्षक काठमाडौँमा [तस्बिरहरू]

काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले विद्यालय शिक्षा विधेयक संसद्‍बाट पारित गर्न माग गर्दै  बिहीबारदेखि काठमाडौँमा बृहत् प्रदर्शन सुरु गरेको छ। संसद्को हिउँदे अधिवेशन बन्द भइसकेको छ।  विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभाको शिक्षा, स्वास्थय तथा सूचना प्रविधि समितिमा विचाराधीन छ।

सरकार र महासंघबीच विगतमा पटकपटक भएका सहमति सम्झौताअनुसार विधेयक जारी गर्न माग गरिएको हो। यो प्रदर्शन विधेयक पारित भएर ऐनका रूपमा नआएसम्म जारी रहने महासंघले जनाएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अध्यादेशबाट भए पनि ऐन आउनुपर्ने बताए। शिक्षकहरू अनिश्चितकालीन सडक आन्दोलनमा उत्रिएका हुन्।

तस्बिरहरू

 

प्रकाशित: २० चैत २०८१ १७:२५ | Wednesday, April 2, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast