ऐन कानुन समय सापेक्ष परिवर्तन हुनुपर्छ : मन्त्री भण्डारी

हिमाल प्रेस १५ वैशाख २०८२ १७:४६ | Monday, April 28, 2025
ऐन कानुन समय सापेक्ष परिवर्तन हुनुपर्छ : मन्त्री भण्डारी

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आवश्यकताको आधारमा ऐन कानून समय सापेक्ष परिवर्तन हुनुपर्ने बताएका छन्।

सोमवार काठमाडौँमा अखिल नेपाल ट्रेड यूनियनद्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले कुनै पनि ऐन कानुन, सेवा प्रदानका साथै सहुलियत र सहजताका लागि भएकाले समय सापेक्ष र आवश्यकताका आधारमा ऐन र कानुनहरु परिवर्तन हुनु पर्ने बताएका हुन्।

अहिले श्रम ऐन संशोधन प्रकृयामा अगाडि बढेको जिकिर गर्दै उनले सरोकारवालाहरुको सहमतिमा बनाएका ऐन र कानूनहरु सबै पक्ष मिलेर अनिवार्य लागु गर्नुपर्नेमा जोड दिए।

सरकार ऐन कानुन लागू गर्न तयार रहेको स्पष्ट पार्दै त्यसका लागि ट्रेड यूनियनहरु पनि एक ढिक्का भएर अगाडि बढनु पर्ने उनले बताए।

उनले बैदेशीक रोजगारभन्दा पनि देशमा नै अधिकतम रुपमा रोजगारी सिर्जना गर्ने दिशातर्फ सरकार अघि बढेको बताए। कुनै पनि नेपाली महिला वा पुरुष श्रमिक देशबाहिर श्रम स्विकृतीविना काम गर्ने वातावरणको अन्त्य हुनुपर्ने उनको भनाइ छ।

प्रकाशित: १५ वैशाख २०८२ १७:४६ | Monday, April 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast