शिक्षक आन्दोलन २७ दिनमा : पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनाललाई शिक्षकहरूले नाराबाजी गरेर फर्काइदिए

हिमाल प्रेस १५ वैशाख २०८२ १५:३६ | Monday, April 28, 2025
शिक्षक आन्दोलन २७ दिनमा : पूर्वप्रधानमन्त्रीद्वय नेपाल र खनाललाई शिक्षकहरूले नाराबाजी गरेर फर्काइदिए

काठमाडौँ- नेपाल शिक्षक महासंघको नेतृत्वमा जारी २७ औँ दिनको आन्दोलनमा ऐक्यबद्धता जनाउन नयाँ बानेश्वर पुगेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र  नेताहरू राजेन्द्र पाण्डे, प्रकाश ज्वाला, गंगालाल तुलाधरलाई शिक्षकहरूले फर्काइदिएका छन्।

शिक्षकहरूले पूर्वप्रधानमन्त्रीहरूसमेत रहेका नेपाल र खनाल तथा नेताहरूलाई आन्दोलनमा आउनभन्दा शिक्षा ऐन जारी गर्न भूमिका खेल्न आग्रह गरे। शिक्षकहरूले उनीहरूविरुद्ध नाराबाजी गर्दै आन्दोलनलाई राजनीतिकरण नगर्न अनुरोधसमेत गरे। शिक्षकहरूको नारावाजीपछि मन्तव्य नै नराखी अध्यक्ष नेपाल, सम्भानित नेता खनाल र नेताहरू फर्किए।

विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने भन्दै शिक्षकहरूले आन्दोलनलाई जारी राखेका छन्। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अग्रगामी शिक्षा ऐन जारी हुने परिस्थिति नबनेसम्म आन्दोलन नरोकिने स्पष्ट पारेका थिए।

मन्त्रीस्तरीय निर्णय, मन्त्रिपरिषद् निर्णय र ऐन कानुनबाट पूरा हुने गरी आफूहरूको माग सरकारलाई बुझाइएको उनले बताए। अध्यक्ष सुवेदीले आफूहरूको मागमा सरकार गम्भीर नभएकाले आन्दोलन लम्बिएको बताए।

प्रकाशित: १५ वैशाख २०८२ १५:३६ | Monday, April 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast