एमाले वीरगन्ज अध्यक्षमा नवराज शर्मा

हिमाल प्रेस १० वैशाख २०८२ ८:१२ | Wednesday, April 23, 2025
एमाले वीरगन्ज अध्यक्षमा नवराज शर्मा

पर्सा- नेकपा एमाले वीरगन्ज नगर कमिटीको अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन्।

मंगलबार राति सार्वजनिक भएको मत परिणामअनुसार कमिटीको उपाध्यक्षमा रामकिशोरसिंह पराग, सचिवमा लियाकत अली, उपसचिव (खुला)मा जयनारायणसिंह कुर्मी, उपसचिव (महिला)मा विमला श्रीवास्तव, लेखा समिति अध्यक्षमा अजयकुमार साह र सचिवमा राघव पटेल निर्वाचित भएका हुन्।

खुला सदस्यमा सतेन्द्रकुमार सिंह, युवा सदस्यमा देवकुमार सर्राफ र महिला सदस्यमा सीतामैया श्रेष्ठ निर्वाचित भएका छन्।

एमाले वीरगन्ज महानगर कमिटीको नेतृत्व चयनका लागि गत चैत ३० गते उम्मेदवारी दर्ता भएको थियो। हनुमान् जयन्तीको शोभायात्राका क्रममा दुई समुदायबीच झडप भएपछि निर्वाचन कार्यक्रम रोकिएको थियो।

प्रकाशित: १० वैशाख २०८२ ८:१२ | Wednesday, April 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast