एनएसएल : ललितपुर लगातार दोस्रोपटक च्याम्पियन

हिमाल प्रेस १३ वैशाख २०८२ २०:५४ | Saturday, April 26, 2025
एनएसएल : ललितपुर लगातार दोस्रोपटक च्याम्पियन

काठमाडौँ– पोखरा थन्डर्सलाई पराजित गर्दै ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) को उपाधि जितेको छ।

पोखरा थन्डर्सलाई २–१ ले पराजित गर्दै ललितपुर सिटी एफसीले एनएसएलको उपाधि हात पारेको हो। ललितपुरले लगातार दोस्रोपटक उपाधि जितेको हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा ललिपुरलाई जित दिलाउन इमो इजिकेल र पापा इबु केबेले गोल गरे। पोखराका लागि सुदील राईले गोल फर्काएका थिए।

खेलको ४२ औँ मिनेटमा इजिकेलको गोलमार्फत ललितपुरले अग्रता लिएको थियो। मनोज राईको क्रसलाई पोखरालका गोलकिपर प्रिसोले पन्च गर्न खोजे पनि सफल नहुँदा इजिकेलले हेडमार्फत गोल गरे।

सुदीलले ६४ औँ मिनेटमा पोखराका लागि बराबरी गरे। पदम भट्टराईको क्रसमा स्पेटफन बिनोङको हेडरलाई ललितपुरका गोलकिपर जेफ्री बाल्ट्सले बचाए पनि रिबाउन्लाई सुदीलले जाली चुमाए।

केबेले गोल गर्दा ललितपुर २–१ ले अगाडि बढ्यो। उनले इजिकेलको क्रसलाई नियन्त्रणमा लिँदै पोस्टको दिशा दिए।

प्रकाशित: १३ वैशाख २०८२ २०:५४ | Saturday, April 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast