एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

हिमाल प्रेस ८ वैशाख २०८२ १८:३९ | Monday, April 21, 2025
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

काठमाडौँ– एनआरएनए उच्चस्तरीय समितिले वैशाख २० गतेदेखि काठमाडौँमा हुने गैर आवासीय नेपाली संघ( एनआरएनए) को एकता महाधिवेशनको तयारी तीव्र रुपमा भइरहेको जनाएको छ।

एनआरएनए उच्चस्तरीय समितिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बैशाख २० देखि २२ सम्म तय भएको एकता महाधिवेशनको तयारी तीव्र रुपमा भइरहेको जनाएको हो।

समितिले एकता महाधिवेशनमार्फत नयाँ कार्यसमिति निर्वाचित गर्नका लागि निर्वाचन समिति समेत गठन भइसकेको जनाएको छ। निर्वाचनलाई स्वच्छ, पारदर्शी र मर्यादित बनाउनका लागि संघका पूर्वअध्यक्ष तथा उच्चस्तरीय समितिका सदस्य देवमान हिराचनको संयोजकत्वमा निर्वाचन अनुगमन समिति गठन गरिएको एकता महाधिवेशन उच्चस्तरीय मूल समितिका सदस्य सचिव रबिना थापाले जानकारी दिए।

एकता महाधिवेशनमा बढी भन्दा बढी एनआरएनहरुको सहभागिताका लागि निःशुल्क सदस्यताको व्यवस्था गरिएको र १६ हजार भन्दा बढिले सदस्यताका लागि आवदेन दिएको उनले बताए।

लामो समयदेखि विवादमा अल्झिएको गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई एकताबद्ध गरी एकताको महाधिवेशन गराउने जिम्मेवारी सर्वोच्च अदालतको परमादेश अनुसार प्राप्त भएपछि शेष घलेको अध्यक्षतामा एनआरएनए उच्चस्तरीय समिति गठन गरिएको थियो।

समितिले वैशाख २० देखि २२ सम्म एकता महाधिवेशन गर्ने मिति तय गरेको हो। एकता महाधिवेशन आयोजना गर्नका लागि विभिन्न उपसमिति गठन गरी तयारीको काम तीव्र गतिमा अगाडि बढिरहेको समितिले जनाएको छ।

प्रकाशित: ८ वैशाख २०८२ १८:३९ | Monday, April 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast