उपप्रधानमन्त्री सिंहले गरे कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण

हिमाल प्रेस ४ वैशाख २०८२ १८:३१ | Thursday, April 17, 2025
उपप्रधानमन्त्री सिंहले गरे कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण

काठमाडौँ– उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेट मैदानमा प्याराफिट निर्माण कार्यको स्थगलत निरिक्षण गरेका छन्।

बिहीबार कीर्तिपुरस्थित क्रिकेट मैदानको स्थलगत निरिक्षण गर्दै मन्त्री सिंहले तोकिएको समयभित्रै प्याराफिट निर्माण हुने विश्वास समेत व्यक्त गरे। निरिक्षणका क्रममा ठेकेदार कम्पनीका प्रतिनिधिहरुले प्याराफिट निर्माण कार्यको प्रगतिका बारेमा जानकारी गराएका थिए।

सिंहले वैशाख २४ गतेभित्र कीर्तिपुर क्रिकेट मैदानमा प्याराफिट निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढिरहेको बताए। ठेकेदार कम्पनीले तीन सिफ्टमा काम गरिरहेको भन्दै उनले आवश्यक परे जनशक्ति थप गरेर भएपनि तोकिएको समयमा नै काम सम्पन्न गर्नुपर्नेमा आफूले जोड दिएको उल्लेख गरे।

कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप १० हजार क्षमताको प्यारापिट निर्माण र फ्लड लाइट जडान कार्यको २०८१ फागुनमा सम्झौता भएको थियो।

प्रकाशित: ४ वैशाख २०८२ १८:३१ | Thursday, April 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast