उन्नति कल्चरल भिलेजमा आमाको मुख हेर्ने दिन विशेष थारु सांस्कृतिक कार्यक्रम

हिमाल प्रेस ९ वैशाख २०८२ १६:५२ | Tuesday, April 22, 2025
उन्नति कल्चरल भिलेजमा आमाको मुख हेर्ने दिन विशेष थारु सांस्कृतिक कार्यक्रम

काठमाडौँ- आमाको मुख हेर्ने दिनको अवसरमा नवलपुरस्थित उन्नति कल्चरल भिलेज (युसिभी) ले एक विशेष थारु सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ।

वैशाख १४ गते शनिबारका दिन हुने उक्त कार्यक्रममा थारु समुदायको मौलिक भोजन, कला, संगीत र परम्परालाई उजागर गर्दै आमाप्रति सम्मान प्रकट गरिने आयोजक पक्षले जानकारी दिएको छ।

लिची र आँपका हरिया बगैँचाबीचमा अवस्थित युसिभीले सम्पूर्ण परिवारलाई आमासँगै एक अविस्मरणीय अनुभव दिलाउने उद्देश्य राखेको छ। कमल पोखरीको रमणीय छेउमा आयोजना हुने कार्यक्रममा थारु सांस्कृतिक नृत्य, थारु परिकार बनाउने प्रत्यक्ष प्रदर्शन, माटोको भाँडा बनाउने परम्परागत कार्यशाला र कमल पोखरीको सांस्कृतिक भ्रमण जस्ता गतिविधिहरू समावेश गरिने छन्।

कार्यक्रममा सहभागी आमाहरूलाई सम्मानस्वरूप विशेष उपहार समेत प्रदान गरिने जनाइएको छ। आयोजकका अनुसार यस कार्यक्रमको उद्देश्य थारु समुदायको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण गर्नुका साथै नयाँ पुस्तामा यसको महत्त्वबारे सचेतना फैलाउनु रहेको छ।

२०७८ सालमा स्थापना गरिएको उन्नति कल्चरल भिलेजले स्थानीय कलाकार, शिल्पकार, साहित्यकार तथा भोजन संस्कृतिको प्रवर्द्धनमा निरन्तर योगदान दिँदै आएको छ।

युसिभीले नवलपुरको मौलिक परम्परा, पहिचान र हरियाली वातावरणलाई जोडेर दिगो पर्यटन विकासमा पनि सक्रिय भूमिका खेल्दै आएको छ।

प्रकाशित: ९ वैशाख २०८२ १६:५२ | Tuesday, April 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast