उत्तरी चीनमा आँधी आउने सम्भावना, सर्वसाधरणलाई घरभित्रै बस्न निर्देशन

हिमाल प्रेस २९ चैत २०८१ १७:३८ | Friday, April 11, 2025
उत्तरी चीनमा आँधी आउने सम्भावना, सर्वसाधरणलाई घरभित्रै बस्न निर्देशन प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- उत्तरी चीनमा आँधीको सम्भावनालाई मध्यनजर गरी सर्वसाधारणलाई घर फर्किन निर्देशन दिइएको छ।

तीब्र गतिमा आँधी आउनसक्ने सम्भावना रहेको बताउँदै नागरिकलाई घर फर्किन निर्देशन दिइएको हो।

आँधीको सम्भावनालाई हेरेर शैक्षिक संस्थाहरू बन्द गरिएका छन् भने बाह्य कार्यक्रमहरू पनि रद्द भएका छन्।

आँधीको गतिबारे चेतावनी दिँदै सरकारी सञ्चारमाध्यमहरूले ५० केजीभन्दा कम तौल भएका मानिस ‘सजिलै उड्न सक्ने’ बताएको छ।

मंगोलियाबाट दक्षिण–पूर्वतर्फ चिसो आँधी आइरहेका कारण शुक्रबारदेखि आइतबारसम्म बेइजिङ, तियानजिन र हेबई क्षेत्रको अन्य भागमा १५० किलोमिटर प्रतिघण्टाको गतिको हावा चल्ने आशंका रहेको बताइएको छ।

चीनमा आँधीलाई लिएर पछिल्लो एक दशकमा पहिलोपटक ‘अरेन्ज अलर्ट’ जारी गरिएको हो।

शनिबार तीब्र गतिमा हावा चलेको बेला बेइजिङमा २४ घण्टाभित्र तापक्रम १३ डिग्री सेल्सियसले ओरालो लाग्ने अधिकारीहरूले बताएका छन्।

प्रकाशित: २९ चैत २०८१ १७:३८ | Friday, April 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast