 ईसीडी शिक्षक । फाइल तस्बिर ।
                              ईसीडी शिक्षक । फाइल तस्बिर । 
                                            काठमाडौँ- सामुदायिक विद्यालयका प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी शिक्षक) को हकमा सरकारले विभिन्न निर्णयहरू गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बुधबार बसेको सरकार र नेपाल शिक्षक महासंघबीचको बैठकले ईसीडी शिक्षकहरूको विषयमा सहमति जुटाएर मन्त्रिपरिषद्मा लगेको थियो।
उक्त विषयलाई मन्त्रिपरिषद्ले निर्णय गरेको हो। ईसीडी शिक्षकको अब बिरामी बिदा सञ्चित हुने र सो बापतको रकम अवकाश भएका बखतमा एकमुष्ट प्राप्त गर्नेछन्।
त्यस्तै ईसीडी शिक्षकको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोके बमोजिम व्यवस्था गर्ने सहमति पनि भएको छ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत हाल पाउँदै आएको पारिश्रमिकमा वृद्धि हुने बुझिएको छ।
शिक्षकहरूको २९ दिन लामो आन्दोलन अन्त्य, शिक्षा ऐन असार १५ गते पारित गर्ने सहमति
                            प्रकाशित: १७ वैशाख  २०८२ २१:१९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             ![सरकार शिक्षा ऐन नल्याएर शिक्षकविरुद्ध मिडियाबाजीमा उत्रियो : नानुमाया पराजुली [अन्तरवार्ता]](https://himalpress.com/wp-content/uploads/2025/08/nanumaya-parajuli.jpg) 
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 