आलुखेतीबाट तीन महिनामा आठ लाख आम्दानी

हिमाल प्रेस ४ वैशाख २०८२ ८:२२ | Thursday, April 17, 2025
आलुखेतीबाट तीन महिनामा आठ लाख आम्दानी

सुनसरी- सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-७ का राजकिशोर मेहताले तीन बिघामा आलुखेती गरेको थियो। उनले सबै खर्चसहित छ लाख रुपैयाँ खर्च गरेको थियो। त्यसबाट करिब र १४ लाखको आलु उत्पादन गरिएको बताए।

तीन महिना मेहनत गरेर आलुखेतीबाट आठ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको महतोको भनाइ छ। १४ लाख रुपैयाँको आलु बिक्री गर्दा सबै खर्च कटाएर आठ लाख रुपैयाँ आम्दानी भएको उनले बताए।

‘विभिन्न समस्या त छन्, मजदूर, खाद्यमलको अभाव छ। तथापि तीन महिना मेहनत गरेर यो आम्दानी गर्न सफल भयौँ। यो देशमै केही गर्न सकिन्छ भन्ने उदाहरण पनि हो’, मेहताले भन्छन्।

यहाँका अधिकांश हिउँदे बालीका रूपमा मुख्यगरी आलुखेती गर्ने गरेका कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिए। यहाँ काडिनल, जनक, कुफरी जपी, भूटानी, सठिया, टिपिएसलगायत जातका आलु लगाउने गरिएको उनले बताए। समग्रमा वार्षिक रूपमा तीन हजार हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ।

प्रकाशित: ४ वैशाख २०८२ ८:२२ | Thursday, April 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast