‘आम्दानीको केही प्रतिशत मातृभूमिको विकासमा लगानी गर्नुस्’

हिमाल प्रेस ७ वैशाख २०८२ १७:२३ | Sunday, April 20, 2025
‘आम्दानीको केही प्रतिशत मातृभूमिको विकासमा लगानी गर्नुस्’ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल.फाइल तस्बिर

काठमाडौँ– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताएका छन्।

नेपाली जनसम्पर्क समिति यूएईले अबुधाबीमा आयोजना गरेको कार्यक्रममा उनले आफ्नो आम्दानीको केही अंश मातृभूमिको विकासका निम्ति लगानी गर्न वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैरआवासीय नेपालीहरुलाई आग्रह गरे।

ढकालले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको र धेरै क्षेत्रहरुमा लगानीगरी राम्रो प्रतिफल लिन सकिने बताए।

‘नेपालमा सम्भावना छैन भन्ने र हरेक कुरा नकारात्मक रुपमा लिने गरिएको पाइन्छ। विदेशमा बस्ने नेपालीलाई विदेशको विकास र प्रविधिहरु देखेर नेपालसँग तुलना र विरोध गर्ने गरेको पाइन्छ। विदेशमा गरेको जस्तै लगानी र मेहनत नेपालमा गर्ने हो भने प्रशस्त लाभ लिन सकिन्छ,’ उनले भने।

अध्यक्ष ढकालले हालै नेपाल सरकारले गरेको कानुन सुधारले लगानीकर्तामा उत्साह ल्याएको र मुलुकमा लगानीको वातावरण पनि बन्दै गएको जिकिर गरे।

त्यस अवसरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीलगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो।

प्रकाशित: ७ वैशाख २०८२ १७:२३ | Sunday, April 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast