आफू उपस्थित कार्यक्रममा नगएकोमा ऊर्जा राज्यमन्त्रीले सोधे सचिवलाई स्पष्टीकरण

हिमाल प्रेस २९ चैत २०८१ ८:२८ | Friday, April 11, 2025
आफू उपस्थित कार्यक्रममा नगएकोमा ऊर्जा राज्यमन्त्रीले सोधे सचिवलाई स्पष्टीकरण उर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ। फाइल तस्बिर

काठमाडौँ- पदीय आचरण विपरीत काम गरेको भन्दै ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले ऊर्जासचिव सुरेश आचार्यलाई स्पष्टीकरण सोधेका छन्। तामाङले २४ घण्टामा लिखित स्पष्टीकरण दिन निर्देशन दिएका छन्।

आचार्यले राज्यमन्त्री तामाङले २४ घण्टे स्पष्टीकरण सोधेका हुन्। जलस्रोत तथा सिंचाइ विभाग जावलाखेल ललितपुरले चैत २५ गते आयोजना गरेको कार्यक्रममा मन्त्री दीपक खड्का अनुपस्थित भएकाले राज्यमन्त्री तामाङ प्रमुख अतिथिको रूपमा सहभागी थिए। उक्त कार्यक्रममा मञ्चमा आसनग्रहणका लागि बोलाउँदा आचार्य बेवास्था गर्दै बाहिरिएको आरोप लगाइएको छ।

कार्यक्रम बहिष्कार गरेर अनुशासन विपरीत काम गरेको भन्दै स्पष्टीकरण सोधिएको मन्त्री तामाङले बताएका छन्।

प्रकाशित: २९ चैत २०८१ ८:२८ | Friday, April 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast