आन्दोलनमा भएको शैक्षिक क्षति पूरा गर्न हामी तयार छौँ : नेपाल शिक्षक महासंघ अध्यक्ष सुवेदी

हिमाल प्रेस १७ वैशाख २०८२ २१:२९ | Wednesday, April 30, 2025
आन्दोलनमा भएको शैक्षिक क्षति पूरा गर्न हामी तयार छौँ : नेपाल शिक्षक महासंघ अध्यक्ष सुवेदी लक्ष्मीकिशोर सुवेदी, अध्यक्ष नेपाल शिक्षक महासंघ।

काठमाडौँ- नेपाल शिक्षक महासंघले २९ दिने सडक आन्दोलन भएको शैक्षिक क्षति पूरा गर्ने भएको छ। २९ दिनसम्म शिक्षकहरू सडकमा उत्रिएका कारण विद्यालयहरूमा पठनपाठन ठप्प भएको थियो।

सरकारसँग शिक्षा मन्त्रालयमा बुधबार सहमति भएपछि महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, ‘हामीले विगतमा भएका आन्दोलनका क्रममा भएको शैक्षिक क्षति पनि पूरा गरेका थियौँ। यसपटकको आन्दोलनमा भएको शैक्षिक क्षति पूरा गर्न शिक्षकहरूलाई परिपत्र गर्नेछौ।’

प्रकाशित: १७ वैशाख २०८२ २१:२९ | Wednesday, April 30, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast