आज विश्व औलो दिवस, अन्तर्राष्ट्रिय प्रतिनिधि दिवस पनि आजै

हिमाल प्रेस १२ वैशाख २०८२ ८:०४ | Friday, April 25, 2025
आज विश्व औलो दिवस, अन्तर्राष्ट्रिय प्रतिनिधि दिवस पनि आजै

काठमाडौँ- आज विश्व औलो दिवस हो। यस अवसरमा विश्व स्वास्थ्य संगठनले औलो उन्मूलनका निम्ति नीतिगत व्यवस्थाका साथ अझ सशक्त ढंगले अघि बढ्न विश्वका सबै देशका सरकार तथा सम्बद्ध निकाय आह्वान गरेको छ।

संगठनका महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले दृढ राजनीतिक प्रतिबद्धता, दिगो लगानी, बहुक्षेत्रीय कार्य र समुदायको संलग्नताबाट औलो उन्मूलन गर्न सकिने बताएका छन्।

अन्तर्राष्ट्रिय प्रतिनिधि दिवस पनि आजै हो। दोस्रो विश्वयुद्धपछि आजकै दिन अर्थात् २५ एप्रिल १९४५ मा विश्वमा शान्ति पुनःस्थापित गर्ने र युद्धपछिको विश्व व्यवस्थालाई विधिको शासनअनुरुप अघि बढाउने उद्देश्यका साथ सान फ्रान्सिस्को सम्मेलनको प्रथम वार्षिकोत्सवका रूपमा यो दिवस मनाइन्छ। यसलाई अन्तर्राष्ट्रिय संगठनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन पनि भनिन्छ।

उक्त सम्मेलनबाट संयुक्त राष्ट्रसंघ स्थापनाको बिजारोपण भएको हो। दुई महिनासम्म सञ्चालन भएको उक्त सम्मेलनमा ५० देशका ८५० प्रतिनिधि सहभागी थिए।

संयुक्त राष्ट्रसंघमा सदस्य राष्ट्रका प्रतिनिधि र उनीहरूको भूमिका बारेमा जागरूकता बढाउन सन् २०१९ मा राष्ट्रसंघीय महासभाले २५ अप्रिललाई अन्तर्राष्ट्रिय प्रतिनिधि दिवसका रूपमा घोषणा गरेको हो।

प्रकाशित: १२ वैशाख २०८२ ८:०४ | Friday, April 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast