आईपीएल : दिल्ली बन्यो एक्लो अपराजित टोली, आरसीबीको हार

हिमाल प्रेस २९ चैत २०८१ ७:२२ | Friday, April 11, 2025
आईपीएल : दिल्ली बन्यो एक्लो अपराजित टोली, आरसीबीको हार

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लुरु(आरसीबी)लाई हराउँदै दिल्ली क्यापिटल्स विजयी बनेको छ। बिहीबार सम्पन्न खेलमा दिल्लीले घरेलु टोली रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ६ विकेटले पराजित गरेको हो। जारी प्रतियोगितामा अपराजित रहने दिल्ली एक्लो टोली हो।

टोलीलाई जित दिलाउन मध्यक्रमका केएल राहुलले अविजित रहँदै सर्वाधिक ९३ रन बनाए। ५३ बल खेलेका उनले सात चौका र ६ छक्का प्रहार गरे। ट्रिस्टन स्टब्स २३ बलमा चार चौका र एक छक्कासहित ३८ रनमा अविजित रहे।

कप्तान अक्षर पटेल १५ रनमा आउट हुँदा फाफ डुप्लेसी, जेक फ्रेजर र अभिषेक पोरेल चल्न सकेनन्। बैंग्लोरका भुवनेश्वर कुमारले सर्वाधिक दुई विकेट लिए। चार ओभर बलिङ गरेका उनले २६ रन खर्चिए।

यश दयाल र सुयश शर्माको नाममा समान एक विकेट रह्यो। त्यसअघि एम चेन्नस्वामी स्टेडियम, बैंग्लुरुमा टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोलीले सात विकेट गुमाउँदै १६३ रनको योगफल खडा गरेको थियो।

बैंग्लुरुका फिल साल्ट र टिम डेभिडले समान ३७ रन बनाए। कप्तान रजत पाटीदार २५, विराट कोहली २२, कुर्णाल पाण्ड्या १८ रनमा आउट हुँदा अन्यको ब्याट चल्न सकेन।

दिल्लीका विपराज निगम र कुलदीप यादवले समान दुई विकेट लिए। मुकेश कुमार र मोहित शर्माको नाममा समान एक विकेट रह्यो।

प्रकाशित: २९ चैत २०८१ ७:२२ | Friday, April 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast