आईपीएलमा दिल्लीको सानदार जित, लखनउको हार

हिमाल प्रेस १० वैशाख २०८२ ७:०१ | Wednesday, April 23, 2025
आईपीएलमा दिल्लीको सानदार जित, लखनउको हार

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्समाथि ८ विकेटको जित निकालेको छ।

१६० रनको चुनौती दिल्लीले १७ ओभर ५ बलमा २ विकेट गुमाउँदै आफ्नो पक्षमा पार्‍यो। ओपनर करूण नायर १५ रनमा आउट भए। तर दोस्रो विकेटको लागि अभिषेक पोरेल र के एल राहुलले ६९ रनको साझेदारी गरे। पोरेलले ३६ बल खेल्दै ५१ रन जोडे।

यसपछि केएल राहुल र कप्तान अक्षर पटेलले दिल्लीलाई जिततर्फ डोर्‍याए। केएल राहुलले ४२ बल खेल्दै ३ चौका र ३ छक्का सहित अविजित ५७ रनको महत्वपूर्ण पारी खेले। २० बल खेलेका अक्षर अविजित ३४ रनमा रहे।

बलिङमा एडन मारक्रमले दुवै विकेट लिए। यसअघि दिल्लीले टस जितेर फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५९ रन‌ मात्र बनायो। सुरूवात राम्रो गरेपनि लखनउका मध्यक्रमका खेलाडीको प्रदर्शन कमजोर रह्यो।

एडन मारक्रम र मिचेल मार्सले पहिलो विकेटको लागि ८७ रनको साझेदारी गरे। सन्तोषजनक सुरुवात गरेको दिल्लीले पहिलो पावर प्लेमा बिना कुनै विकेटको नोक्सानीमा ५१ रन बनाएको थियो। अर्धशतक बनाएका एडन ३३ बल खेल्दै ५२ रन बनाएर आउट भए। उनले २ चौका र ३ छक्का प्रहार गरे। लखनउको लागि यो नै सर्वाधिक उच्च स्कोर बन्यो ।

लगतै निकोलस पुरन ९ र अब्दुल सामद २ रनमा नै समेटिए । ओपनर मिचेल मार्स भने ४५ रनमा आउट हुन पुगे। यसपछि आयुष बाडोनी ३६ रन जोडेर पबिलियन फर्कदा डेविड मिल्लर अविजित १४ रनमा रहे।

बलिङमा मुकेश कुमारले ४ ओभरमा ३३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। दोस्रो स्थानमा रहेको दिल्ली छैटौं जितका साथ शीर्षस्थानमा रहेको गुजरात टाइटन्सले जतिकै १२ अंक बनाएको छ। रन रेटमा दिल्ली दोस्रो स्थानमा कायमै रहेको छ । यता लखनउले नवौं खेलमा चौधौं हार हो। १० अंक सहित पाँचौं स्थानमा रहेको छ।

प्रकाशित: १० वैशाख २०८२ ७:०१ | Wednesday, April 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast