अरुण तेस्रो जलविद्युत् आयोजना अवलोकन गर्न आए भारतीय विद्युत्‌मन्त्री

हिमाल प्रेस ९ वैशाख २०८२ १५:११ | Tuesday, April 22, 2025
अरुण तेस्रो जलविद्युत् आयोजना अवलोकन गर्न आए भारतीय विद्युत्‌मन्त्री काठमाडौँ आइपुगेका भारतीय विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर। तस्बिर : रासस

काठमाडौँ- भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपालको दुईदिने भ्रमणका क्रममा काठमाडौँ आएका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा मंगलबार नेपाल भ्रमणमा आएका मन्त्री खट्टर संंखुवासभा जिल्लास्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकनका क्रममा त्यसतर्फ प्रस्थान गरेको ऊर्जा मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवले जानकारी दिए।

संखुवासभाको मकालु गाउँपालिकामा एक खर्ब चार अर्ब रुपैयाँ भारतीय लगानीमा निर्माण भइरहेको ९०० मेगावाट क्षमताको सो जलविद्युत् आयोजनाको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०७५ सालमा संयुक्त रुपमा शिलान्यास गरेका थिए।

मन्त्री खट्टर नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गर्न लागिएको लम्की–बरेली र इनरुवा–पूर्णिया प्रसारण लाइनसँग सम्बन्धित काठमाडौँमा हुने सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा सहभागी हुने कार्यक्रम छ।

खट्टरले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ। यसैगरी उनले मुस्ताङ र पशुपतिनाथको समेत धार्मिक यात्रा गर्ने प्रवक्ता देवले जानकारी दिए।

प्रकाशित: ९ वैशाख २०८२ १५:११ | Tuesday, April 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast