दुर्गा प्रसाईले भने : म नेपालमै छु, तिमीहरूको मलामी लिएर आउँछु

हिमाल प्रेस १८ चैत २०८१ २१:२९
88
SHARES
दुर्गा प्रसाईले भने : म नेपालमै छु, तिमीहरूको मलामी लिएर आउँछु दुर्गा प्रसाई

काठमाडौँ- गत फागुन १५ को हिंस्रक घटनापछि फरार रहेका दुर्गा प्रसाईलाई प्रहरीले खोजी रहेको छ। अराजक गतिविधि देखाएर प्रहरीबाट उम्किएका प्रसाई अहिलेसम्म कहाँ छन् भन्ने अत्तोपत्तो छैन।

उनी दैनिकजसो सामाजिक सन्जालमार्फत सन्देश छाड्ने गरेका छन्। प्रहरीले प्रसाई भारत पुगेको अनुमान गरेको छ। तर आज एक सन्देशमार्फत भने प्रसाईले आफू नेपालमै रहेको बताएका छन्।

उनले राजनीतिक दललाई चेतावनी दिँदै आफूलाई सिंहको संज्ञा दिएका छन्। दुर्गा प्रसाई सचिवालय नामको फेसबुकमार्फत उनले शिकार गर्नुभन्दा पहिला सिंह पनि एक कदम पछि हटेको बताएका छन्।

उनले भनेका छन्, ‘सिंह एक कदम पछि हट्छ,अनि पुन: स्आक्रमण गर्छ।’ उनले दाबीका साथ भनेका छन्, ‘दुर्गा प्रसाई सिंह नै हो,अब छिट्टै तिमीहरु को मलामी लिएर आउदैछ,’ भ्रष्टाचारि होउनले आफूले लुक्ने ठाउँ पाएको तर नेताहरूले लुक्ने ठाउँ समेत नपाउने बताएका छन्।

‘मैले त लुक्ने ठाउँ भेटेको छु नेपाल मै छु,भाबी रणनीति तयार गर्दैछु,तर तिमीहरू ले त्यो पनि पाउदैनौ, बुझिराख१ जय रास्टबाद।।’

प्रकाशित: १८ चैत २०८१ २१:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast