राजस्थानको पहिलो जित, फेरि हार्‍यो चेन्नई

हिमाल प्रेस १८ चैत २०८१ ६:५५
12
SHARES
राजस्थानको पहिलो जित, फेरि हार्‍यो चेन्नई

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले पहिलो जित निकालेको छ।

गएराति जारी सिजनको तेस्रो खेल खेल्दा राजस्थानले पहिलो जित निकालेको हो। पहिलो जित निकाल्दा उसले चेन्नई सुपर किंग्सलाई ६ रनले पराजित गर्‍यो। राजस्थानले दिएको १८२ रनको लक्ष्य पछ्याएको चेन्नईले ६ विकेट गुमाएर १७६ रन मात्रै बनाउन सक्यो।

कप्तान ऋतुराज गायकवाडले सर्वाधिक ६३ रन बनाए। उनले ४४ बलमा ७ चौका र १ छक्का हाने। रविन्द्र जडेजाले नट आउट ३२ रन बनाए। ओपनर राहुल त्रिपाठीले १९ बलमा ३ चौका र १ छक्का हानेर २३ रन बनाए।

शिवम् दुबेले १८, विजय शंकरले ९ र जेमी ओभरटनले ११ रन जोडे। महेन्द्रसिंह धोनी ११ बल खेलेर १६ रन बनाउँदै आउट भए। बलिङतर्फ राजस्थानका वानिडु हसरंगाले ४ विकेट लिए। त्यस्तै जोफ्रा आर्चर र सन्दीप शर्माले एक-एक विकेट लिए।

पहिले ब्याटिङ गरेको राजस्थानले ९ विकेट गुमाएर १८२ रन बनाएको थियो। राजस्थानका लागि नितिश रानाले सर्वाधिक ८१ रन बनाए। उनले ३६ बलमा १० चौका र ५ छक्का हाने। कप्तान रियान परागले २८ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३७ रन बनाए। सन्जु शामसनले २० र सिमरोन हेटमायरले १९ रन जोडे।

बलिङतर्फ चेन्नईका खलिल अहमद, नूर अहमद र मथिशा पाथिरनाले २-२ विकेट लिँदा रविचन्द्रन आश्विन र रविन्द्र जडेजाले १-१ विकेट लिए। पहिलो खेलमा मुम्बई इन्डियन्सलाई पराजित गरेको चेन्नई दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेंग्लुरूसँग पराजित भएको थियो।

राजस्थान भने यसअघि सनराइजर्स हैदरावाद र कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो। आज मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्सबीच खेल हुनेछ।

प्रकाशित: १८ चैत २०८१ ६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast