
काठमाडौँ- तीनकुने क्षेत्रमा आगजनी, तोडफोड गर्ने ४१ जना पक्राउ परेका छन्। राजावादीहरुको प्रदर्शनका क्रममा आगजानी गर्ने र तोडफोड गर्नेहरूलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा राप्रपाका दुई नेता सांसद धवलशमशेर राणा र वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलगायत छन्।
उनीहरूलाई अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले पाँच दिनको म्याद दिएको छ। राणा र मिश्रसहित ११ जनाविरुद्ध प्रहरीले राज्यविरुद्धको कसूर, संगठित अपराध र आपराधिक उपद्रवसहितको मुद्दामा अनुसन्धान गरिरहेको छ।
त्यस्तै अन्य ३० जनालाई भने आपराधिक उपद्रव र संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको छ।
हेर्नुहोस् सूची
प्रकाशित: १७ चैत २०८१ २१:२०
प्रतिक्रिया