व्यवस्थामाथि प्रश्न किन आए भनेर समीक्षा गर्नुपर्छ : उपेन्द्र यादव

हिमाल प्रेस १७ चैत २०८१ १९:१०
14
SHARES
व्यवस्थामाथि प्रश्न किन आए भनेर समीक्षा गर्नुपर्छ : उपेन्द्र यादव उपेन्द्र यादव

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक गणतन्त्रको विकल्प बलियो र संस्थागत लोकतन्त्र नै भएको बताएका छन्।

रिपोर्टर्स क्लब नेपालको २७औँ वार्षिकोत्सवका अवसरमा आज (आइतबार‌) यहाँ आयोजित कार्यक्रममा उनले मुलुकको विद्यमान शासन व्यवस्थामाथि किन प्रश्न उठिरहेका छन् भनेर समीक्षा भने आवश्यक रहेको बताए।

अध्यक्ष यादवले शुक्रबार भएको तीनकुने घटनालाई बहुदलीय व्यवस्था आएको लामो समयसम्म पनि स्थिर सरकार बन्न नसकेको र नागरिकका आकांक्षा पूर्ति हुन नसकेको आक्रोशका रूपमा चित्रण गरे।

अध्यक्ष यादवले यसबेला राजतन्त्रको पक्षमा मानिस किन प्रदर्शन गरिरहेका छन् भनेर गम्भीर रूपमा सोच्नुपर्ने आवश्यकता औँल्याए। उनले भने, ‘व्यवस्थामाथि यस किसिमका प्रश्न किन आए भनेर हामीले समीक्षा गर्नुपर्दछ। हामीले बहुदल ल्याएको ३५ वर्षभन्दा बढी समय भयो। ३५ वर्षमा अनेकौँ सरकार बदलिए तर सुशासन दिन सकेनौँ। गरिबी, बेराजगारी घटाउन सकेनौँ। आर्थिक विकास गरी समृद्धिको बाटोमा जाने, शिक्षा स्वास्थ्यजस्ता क्षेत्रमा सुधार गर्न सरकार चुकेको छ।’

प्रकाशित: १७ चैत २०८१ १९:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast