भाटभटेनी सुपरस्टोर लुटपाटमा संलग्न भएको आरोपमा ९ जना पक्राउ

हिमाल प्रेस १७ चैत २०८१ १७:२२
18
SHARES
भाटभटेनी सुपरस्टोर लुटपाटमा संलग्न भएको आरोपमा ९ जना पक्राउ

काठमाडौँ– कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा लुटपाटमा संलग्न रहेको आरोपमा ९ जना प्रक्राउ परेका छन्। गत शुक्रबार राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईको नेतृत्वमा राजावादी समूहसहितको संयुक्त आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाट भएको थियो।

पक्राउ पर्नेमा धनुषाको मिथिला-६ ढल्केवरका आशिष सिंह, सर्लाही बरथहवा-१६ का प्रेमकुमार महतो, भारत विहारका रविरञ्जन कुमार र नुवाकोट विदुर-६ की सुशीला कुमाल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

पक्राउ पर्ने अन्यमा सुनसरी, धरानकी एलिसा राई, काठमाडौँ कोटेश्वर नरेफाँटकी बालकुमारी कार्की, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी- ८ की निर्मला कार्की र सिन्धुली तीनपाटन-७ की चित्रमाया बस्नेत र तीनपाटन- १६ की सुस्मिता बराल रहेका छन्।

उनीहरूलाई काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट प्रक्राउ गरिएको कार्यालयका प्रहरी उपरीक्षक अंगुर जीसीले बताए। साथै उनीहरूको साथबाट विभिन्न सामान पनि बरामद गरिएको छ। उनीहरू सबैलाई थप अनुसन्धान र कारबाहीका लागि बानेश्वर वृत्तमा राखिएको जीसीले बताए।

प्रकाशित: १७ चैत २०८१ १७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast