
काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन्। प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ।
बैठकअघि सभामुख घिमिरेले मुख्य दलका प्रमुख सचेतकहरूसँग संसद् भवन नयाँ बानेश्वरमा सुरु गरेको सभामुखको निजी सचिवालयले जनाएको छ।
बैठकमा उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारलगायत सहभागी छन्।
संघीय संसद् विपक्षी दलहरूको अवरोधका कारण दुई पटक बैठक स्थगित भइसकेको छ।
प्रकाशित: १७ चैत २०८१ ११:४६
प्रतिक्रिया