‘५० वर्ष पुरानो शिक्षा ऐन परिमार्जन गर्न नसक्नु दुर्भाग्य’

हिमाल प्रेस १७ चैत २०८१ ११:३७
486
SHARES
‘५० वर्ष पुरानो शिक्षा ऐन परिमार्जन गर्न नसक्नु दुर्भाग्य’

काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले नेपालमा संविधानसभाबाट नयाँ संविधान जारी गर्नुभन्दा शिक्षा ऐन पारित गर्न गाह्रो भएको बताएका छन्।

शनिबार काठमाडौँमा नेपाल राष्ट्रिय अभिभावक संघको १८औँ साधारणसभाको उद्घाटन गर्दै उनले २०२८ सालमा बनेको शिक्षा ऐन अहिलेसम्म परिमार्जन हुन नसक्नु बिडम्बना भएको टिप्पणी गरे।

‘२०२८ सालअघि हामीले चिठी पढ्ने शिक्षा हासिल गरेका थियौँ,’ उनले भने, ‘त्यसपछि शिक्षालाई जागिरे शिक्षामा सीमित गरियो। अब विद्यालय शिक्षालाई सीपमूलक र स्वरोजगारमूलक बनाउन आवश्यक छ।’

नयाँ शिक्षा ऐन निर्माणमा अभिभावकहरूको भूमिका पनि महत्त्वपूर्ण हुने भन्दै सभापति थापाले सरकारलाई सुझाव दिन आग्रह गरे।

प्रकाशित: १७ चैत २०८१ ११:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast