सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदी सस्तो

हिमाल प्रेस १७ चैत २०८१ ११:१८
6
SHARES
सुनको मूल्यमा नयाँ रेकर्ड, चाँदी सस्तो

 काठमाडौँ- नेपाली बजारमा सुनको मूल्यले आइतबार फेरि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार ८ सय रुपैयाँ पुगेको छ। याे मूल्य अघिल्लो दिनको तुलनामा ६ सय रुपैयाँ बढी हो।

यसअघि शुक्रबार पनि सुनको मूल्यले ऐतिहासिक उचाइ छोएको थियो। सो दिन सुन १ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७६ हजार २ सय रुपैयाँ मा कारोबार भएको थियो।

तर, चाँदीको मूल्य भने आइतबार घटेको छ। आज चाँदीको मूल्य प्रतितोला २ हजार २५ रुपैयाँ मा कारोबार भइरहेको छ। याे मूल्य शुक्रबारको तुलनामा १५ रुपैयाँ कम हो।

यसैबीच, अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ८६ अमेरिकी डलर मा कारोबार भइरहेको छ।

प्रकाशित: १७ चैत २०८१ ११:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast