केपी ओली कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता २३ गतेदेखि

हिमाल प्रेस १६ चैत २०८१ २०:२०
14
SHARES
केपी ओली कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता २३ गतेदेखि

पोखरा- पोखरामा आगामी सातादेखि दोस्रो संस्करणको ‘केपी ओली कप टी-२० राष्ट्रिय खुला पुरुष क्रिकेट’ प्रतियोगिता हुने भएको छ। मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा चैत २३ देखि ३० गतेसम्म पोखरा रंगशालाको क्रिकेट मैदानमा उक्त प्रतियोगिता गर्न लागेको हो।

राष्ट्रिय खेलकुद परिषद् उपाध्यक्षसमेत रहेका एकेडेमी अध्यक्ष ध्रुव आचार्यले शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा १६ टिमलाई समावेश गराइने जानकारी दिए।

गत वर्ष तुलनामा यसपालि धेरै टिमले नाम लेखाएको उनले बताए। ‘हामीलाई टिमको प्रेसर २८÷२९ कै भइसकेको छ तर १६ टिममा प्रतिस्पर्धा गराउँछौँ’, उनले भने।
उनका अनुसार तयारीका क्रममा ८ वा १२ टिमबीच प्रतिस्पर्धा गराउने योजना थियो। तर टिमको प्रेसर आइसकेपछि नवप्रतिभाको इच्छा नमारौँ भन्ने हिसाबले १६ सम्म जाने भन्ने निर्णय भएको बताए।

खेल पर्यटनको आधारले पोखरामा यो प्रतियोगितालाई निरन्तरता दिइएको उनले प्रस्ट पारे। उनका अनुसार यसबाट नवप्रतिभाको खोजी गर्न पनि सघाउनेछ भने खुला प्रतियोगिताबाटै ठूलो धनराशिको पुरस्कार जित्ने अवसर पनि छ। उनले भने, ‘को खेल्न पाउने, को नपाउने भन्ने छैन। नेपाली नागरिक भएपछि खेल्न पायो। ब्याट्स समाएर हान्नुप¥यो, आईसीसीको रुल फलो गर्ने जोकोही पनि खेल्न सक्छन्।’

गत वर्ष प्रदेश तथा विभागीयसहित १२ टिमले भाग लिएका थिए। जसमा मधेश प्रदेशले फाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पहिलो उपाधि जितेको थियो। विजेताले ५ लाख र उपविजेताले साढे २ लाख प्राप्त गरेकामा यसपालि पुरस्कार राशिसमेत बढाइएको छ।

विजेताले १० लाख र उपविजेताले ५ लाख साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। म्यान अफ दि सिरिजले ३० हजार, बेस्ट बलर, बेस्ट ब्याटरले १०/१० हजार र म्यान अफ दि म्याचले ५ हजार साथमा ट्रफी प्राप्त गर्ने आयोजकले जनायो। खेल लिग कम नक आउटका आधारमा खेलाइनेछ।

ग्रासरुटबाटै खेलाडी उत्पादनमा यो प्रतियोगिता महत्त्वपूर्ण हुने आयोजकको दाबी छ। यसले पोखराको क्रिकेट विकास तथा पर्यटनमा समेत सघाउ पुग्ने एकेडेमीका उपाध्यक्ष राजेश गुरुङ बताउँछन्। उनले भने, ‘गत वर्ष राम्रोसँग प्रतियोगिता भएको थियो। टी-२० क्रिकेटले खेलाडीसहित यहाँका व्यवसायीलाई पनि सहयोग गर्नेछ।’

प्रतियोगिता सम्पन्न गर्न १ करोड ३० लाख खर्च हुने एकेडेमीका सचिव कृष्ण तिमिल्सिनाले बताए।

प्रकाशित: १६ चैत २०८१ २०:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast