पूर्वराजा ज्ञानेन्द्र शाहलाई ९ शीर्षकमा काठमाडौँ महानगरले तोक्यो जरिवाना

हिमाल प्रेस १६ चैत २०८१ १७:१२
22
SHARES
पूर्वराजा ज्ञानेन्द्र शाहलाई ९ शीर्षकमा काठमाडौँ महानगरले तोक्यो जरिवाना काठमाडौँ महानगरका मेयर बालेन शाह। फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ। शुक्रबार तीनकुने क्षेत्रमा भएको प्रदर्शनलाई लिएर विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र लेखेर सो रकमको जरिवाना महानगरले तोकेको हो।

महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा पत्र लेख्दै जरिवाना तोकेको छ। शुक्रबार उक्त स्थानमा भएको हिंसात्मक आन्दोलनको क्रममा महानगरको दमकलसहित अन्य विभिन्न भौतिक संरचनामा क्षति पुगेको महानगरको भनाइ छ। सोही आन्दोलनको क्रममा दुई जनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए।

यी हुन् जरिवानाका शीर्षक

१. कोटेश्वर क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको : १ लाख
२. महादेवस्थान क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको : १ लाख
३. तीनकुने क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको : १ लाख
४. जडीबुटी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको : १ लाख
५. बालकुमारी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको : १ लाख
६. सिनामंगल क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको : १ लाख
७. महानगरको दमकल फुटाएको : १ लाख ३० हजार
८. तीनकुने क्षेत्रको रुख, बिरुवा र रेलिङ तोडफोड : ४० हजार
९. तीनकुनेको आइल्याण्डमा तोडफोड : २३ हजार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast