तीनकुने घटनाका दोषीलाई कारबाही गर्ने गृहमन्त्रीको प्रतिबद्धता

हिमाल प्रेस १६ चैत २०८१ १३:४९
10
SHARES
तीनकुने घटनाका दोषीलाई कारबाही गर्ने गृहमन्त्रीको प्रतिबद्धता शुक्रबार राजावादीका सर्मथकहरुले आन्दोलनका क्रममा तीनकुने, कोटेश्वरलगायतका क्षेत्रमा तोडफोड, आगजनी र लुटपाट गरेको क्षेत्रको स्थलगत अनुगमन तथा निरीक्षण गर्दै गृहमन्त्री रमेश लेखक। तस्बिर : रासस
काठमाडौँ- गृहमन्त्री रमेश लेखकले पूर्वराजाका समर्थकहरुले शुक्रबार काठमाडौँको तीनकुने, कोटेश्वरलगायत क्षेत्रमा गरेको तोडफोड, आगजनी र लुटपाट गरेका क्षेत्रको निरीक्षण गरेका थिए।
गृहमन्त्री लेखकसहित गृहसचिव गोकर्णमणि दुवाडी र गृह मन्त्रालयका उच्चपदस्थ अधिकारी र प्रहरी अधिकृतहरुले आगजनी भएको तीनकुनेस्थित निजी घर, कान्तिपुर टेलिभिजनको कार्यालय, अन्नपूर्ण पोष्ट दैनिक, जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय र कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटको निरीक्षण गरेका थिए।
निरीक्षणका क्रममा गृहमन्त्री लेखकले सञ्चारगृहमाथिको आक्रमण निन्दनीय भएको र घटनामा संलग्न जोसुकै भए पनि कारवाहीको दायरामा ल्याउने बताए। उनले लोकतन्त्रको महत्वपूर्ण अङ्ग सञ्चारमाध्यमलाई ध्वस्त पार्ने कोसिस गरेकामा त्यसको निन्दा गर्दै दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रकाशित: १६ चैत २०८१ १३:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast