सिरहामा विभेद प्रकरण ; गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्ष धरौटीमा रिहा

हिमाल प्रेस १६ चैत २०८१ १२:०१
8
SHARES
सिरहामा विभेद प्रकरण ; गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्ष धरौटीमा रिहा

सिरहा- सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्न भनी दलितको घरमा डोजर चलाइएको घटनामा पक्राउ परेका औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीपकुमार यादव शुक्रवार धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत सिरहाका न्यायाधीश विदुर काफ्लेको इजलासले जनही एक लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो ।

स्रेस्तेदार नीरज पोखरेलका अनुसार जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा मुद्दा दर्ता भएकामा शुक्रबार थुनछेक बहस भएको हो । वैशाख १९ गते अदालतमा हाजिर हुन जिल्ला अदालतले आदेश दिएको छ । यही चैत १७ गतेदेखि महायज्ञ लगाउन भन्दै औरही–५ का दलित दीपक मलिक ९डोम० को घर गत फागुन १० गते भत्काइएको थियो ।

महायज्ञ आयोजक समितिका अध्यक्षसमेत रहेका जसपा जिल्ला सदस्य शिवजी यादव र समिति सचिव रहेका दिलीपकुमार यादव गत चैत ८ गते पक्राउ परेका थिए । दलित परिवारको घरमा डोजर चलाउन निर्देशन दिने महायज्ञका मूल पुजारी बजरंगी बाबा भने फरार छन् ।

प्रकाशित: १६ चैत २०८१ १२:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast