
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । आज दिउँसो ११ बजे बस्ने गरी पार्टीको बैठक बोलाइएको हो ।
बैठकमा विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने पार्टी प्रवक्ता मनीषा झाले जानकारी दिए । साथै पार्टीको आवश्यक कार्यका सम्बन्धमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
आकस्मिक अवस्थामा बैठक बस्नुपर्ने भएकोले बैठक भर्चुअल माध्यमबाट हुने झाको भनाइ छ ।
प्रकाशित: १६ चैत २०८१ ११:१८
प्रतिक्रिया