राजावादीको प्रदर्शनबारे समीक्षा गर्न राप्रपाले बोलायो बैठक

हिमाल प्रेस १६ चैत २०८१ १०:३४
48
SHARES
राजावादीको प्रदर्शनबारे समीक्षा गर्न राप्रपाले बोलायो बैठक फाइल तस्बिर- हिमाल प्रेस

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पछिल्लो राजनीतिक छलफल गर्न कार्यसम्पादन बैठक बोलाएका छन्।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो ३:०० बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन निकट स्रोतले जानकारी दियो। शनिबार राजावादी प्रदर्शन हिंसात्मक बनेको थियो।

जसका कारण राप्रपा नेताहरू रवीन्द्र मिश्र र धवल शमशेर समेत पक्राउ परेका छन्। राप्रपाले हिंसात्मक प्रदर्शनको जिम्मा नलिने भनिसकेको छ। आगामी दिनको आन्दोलनका विषय समीक्षा गर्न समेत राप्रपाले बैठक बोलाएको हो।

प्रकाशित: १६ चैत २०८१ १०:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast