हट्यो तीनकुने क्षेत्रको कर्फ्यु

हिमाल प्रेस १६ चैत २०८१ ७:२२
14
SHARES
हट्यो तीनकुने क्षेत्रको कर्फ्यु

काठमाडौँ-जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुने क्षेत्रमा जारी गरेको कर्फ्यु आदेश स्थगन गरेको छ। काठमाडौँ प्रशासनले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै काठमाडौँको तीनकुने र त्यस आसपासको क्षेत्रमा लगाइएको कर्फ्यु आदेश स्थगन भएको जानकारी दिएको हो।

शुक्रबार ४ः२५ देखि राति १० बजेसम्मका लागि लगाइएको कर्फ्यु आदेश पुनः बढाएर शनिबार बिहान ७ बजेसम्म लम्ब्याइएको थियो। स्थिति सहज भइनसकेकाले आदेश लम्ब्याइएको थियो ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम काठमाडौँको बानेश्वर तीनकुने क्षेत्र, गौशालादेखि एयरपोर्ट, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमुल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँबानेश्वर चोकसम्म लगाइएको कर्फ्यु स्थगन गरिएको प्रशासन कार्यालयले एक सूचनामार्फत जानकारी दिएको छ ।

प्रकाशित: १६ चैत २०८१ ७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast