राजावादीको प्रदर्शनमा दुईको मृत्यु, ७५ सुरक्षाकर्मी र ३५ आन्दोलनकारी घाइते [क्षतिको विवरणसहित]

हिमाल प्रेस १६ चैत २०८१ ०:१५
66
SHARES
राजावादीको प्रदर्शनमा दुईको मृत्यु, ७५ सुरक्षाकर्मी र ३५ आन्दोलनकारी घाइते [क्षतिको विवरणसहित]

काठमाडौँ- काठमाडौँमा शुक्रबार भएको राजतन्त्र समर्थकको प्रदर्शनमा दुई जनाको मृत्यु भएको छ। काठमाडौँ जिल्ला प्रहरी परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिल अधिकारीले घटनमा कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र सुरेश रजकको मृत्यु भएको जानकारी दिएका हुन्।

रजक एभिन्युज टेलिभिजनका पत्रकार हुन् भने महर्जन आन्दोलनकारी हुन्। कोटेश्वरमा घाइते भएका महर्जनको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। रजकको शव तीनकुनेस्थित मार्बल हाउसमा फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ७५ जना सुरक्षाकर्मी घाइते भएका छन्। यसैगरी आन्दोलनकारीतर्फ ३५ जना घाइते भएका छन्।

प्रदर्शनकारीले सरकारी र निजी गरी १५ वटा सवारीसाधनमा क्षति पुर्‍याएका छन्। यसैगरी १५ ठाउँमा अगाजनी गरिएको छ भने ९ स्थानमा तोडफोड गरिएको छ। प्रदर्शनकारीले एक ठाउँमा लुटपाट गरेका छन्।

घटनामा संलग्न भएको आरोपमा ५१ जनालाई पक्राउ गरिएको छ।

आगजनी भएको स्थान
अन्नपूर्ण पोस्टको कार्यालय, तीनकुने
मार्बल हाउस, तीनकुने
कोटेश्वर महादेवस्थान
कार्गोको कम्पाउन्ड भित्र
कोटेश्वर गणेश चोक
भाटभटेनी नजिक सरकारी गाडी
जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र
समाजवादी पार्टी कार्यालय
बालकुमारीबाट काठमाडौँतर्फ आउने करिडोर बाटो
बानेश्वर पुल पारीपट्टि
एयरपोर्टको फोहोरमा
इन्द्रेणी सहकारीको कार्यालय रहेको भवन, सिनामंगल
रोयल रेस्टुरेन्ट, सिनामंगल
एरोम्याक्सको कार्यालय

तोडफोड भएका संस्था एवं कार्यालय

अन्नपूर्ण मिडिया हाउस, तीनकुने
कान्तिपुर टीभी
केएमसी अस्पताल, सिनामंगल
सिनामंगल स्थित डीआईए अगाडि बन्दै रहेको नयाँ भवन
सिनामंगलमा रहेको नेपाल प्रहरीद्वारा जडित २ थान सीसीटीभी
प्रहरी बिट सिनामंगल, भत्केको पुल
प्रहरी प्रभाग कोटेश्वर
ट्राफिक प्रहरी प्रभाग कोटेश्वर
समाजवादी पार्टी कार्यालय, बागमती करिडोर

तोडफोड तथा लुटपाट भएको स्थान

कोटेश्वर स्थित रहेको भाटभटेनी सुपर मार्केट

 

प्रकाशित: १६ चैत २०८१ ०:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast