कांग्रेसको अपिल : राजतन्त्र विकल्प हुन सक्दैन, सबै दल यसमा स्पष्ट ढंगले उभिऔँ

हिमाल प्रेस १५ चैत २०८१ २१:३१
66
SHARES
कांग्रेसको अपिल : राजतन्त्र विकल्प हुन सक्दैन, सबै दल यसमा स्पष्ट ढंगले उभिऔँ कांग्रेस केन्द्रीय कार्यालय

काठमाडौँ- नेपाली कांग्रेसले शुक्रबार काठमाडौँको तिनकुने लगायतका क्षेत्रहरूमा भएका हिंसात्मक घटनाको कडा निन्दा गरेको छ। पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै संविधानप्रदत्त शान्तिपूर्ण प्रदर्शनको अधिकारप्रति सम्मान रहेको उल्लेख गर्दै तोडफोड, आगजनी, हिंसा र अराजक गतिविधिहरूको भर्त्सना गरेका हुन्।

हिंसा भड्काउने र हिंसामा सामेल हुने व्यक्तिहरुलाई कडा कानुनी कारबाहीको दायरामा अविलम्ब ल्याउन पनि सरकारसँग आग्रह गरेको छ। विज्ञप्तिमा निजी घर, मिडिया हाउस, सपिङ मल, सरकारी कार्यालय, सवारी साधनलगायत सार्वजनिक सम्पत्तिमा भएको आक्रमणलाई गम्भीर रूपमा लिइएको जनाइएको छ।

‘लोकतन्त्रको विकल्प अझ समुन्नत लोकतन्त्र हो, कुनै पनि प्रकृतिको राजतन्त्र एक्काइसौँ शताब्दीको सचेत नेपालीका लागि विकल्प कीमार्थ हुन सक्दैन,’ विज्ञप्तिमा उल्लेख छ।

साथै सबै राजनीतिक दललाई यसमा स्पष्ट ढंगले उभिन कांग्रेसले अपिल पनि गरेको छ।

प्रकाशित: १५ चैत २०८१ २१:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast