पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन सबै राजनीतिक दललाई एमालेको आह्वान

हिमाल प्रेस १५ चैत २०८१ २१:१६
30
SHARES
पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन सबै राजनीतिक दललाई एमालेको आह्वान

काठमाडौँ- नेकपा (एमाले) ले सबै राजनीतिक दललाई पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गरेको छ।

एमालेका महासचिव शंकर पोखरेलले आज (शुक्रबार) विज्ञप्ति जारी गर्दै सबै राजनीतिक दल, नागरिक समाज र आमनेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गरेका छन्।

एमालेले शुक्रबार पूर्वराजावादीहरूको अराजक समूहले काठमाडौँको तीनकुने, कोटेश्वर र जडिबुटी क्षेत्रमा देखाएको उदण्डता, अराजकता र हिंसाको घोर भर्त्सना गरेको छ। एमाले महासचिव पोखरेलले आजका आपराधिक क्रियाकलापमा सङ्लग्नलाई तत्काल कानुनी दायरामा ल्याउन र शान्ति सुरक्षाको प्रभावकारी प्रबन्ध गर्न सरकारसँग माग गरेका छन्।

‘शान्तिपूर्ण प्रदर्शनका नाममा सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यावसायिक भवन, सञ्चार गृह, राजनीतिक दलका कार्यालय र सरकारी भवन माथि आगजनी गर्ने, लुटपाट गर्ने, जानीजानी हिंसा र आतङ्कलाई दुरुत्साहन गर्ने तथा मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने यस्ता आपराधिक क्रियाकलाप निन्दनीय छन्,’ महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

उनले एमाले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प समेत गरेको बताए।

प्रकाशित: १५ चैत २०८१ २१:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast