
काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको १०औँ महाधिवेशनको मिति तोकिएको छ।
संघको पदाधिकारी बैठकले आगामी जेठ ९ देखि ११ गतेसम्म पोखरामा महाधिवेशन आयोजना गर्ने निर्णय गरेको संघका अध्यक्ष क्षितिज थेवेले जानकारी दिए।
महाधिवेशनका लागि संघका अध्यक्ष थेवेको संयोजकत्वमा ५५५ सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको छ। महाधिवेशनले आगामी दुई वर्षका लागि १५१ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ।
एमालेको जनसंगठनको महाधिवेशन आगामी जेठ महिनाभित्र सम्पन्न गर्न निर्देशन दिइसकेको छ।
प्रकाशित: १५ चैत २०८१ १४:००
प्रतिक्रिया