
काठमाडौँ- प्रतिनिधिसभाको शुक्रबार बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसोका लागि सरेको छ। संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचनामा ११ बजे बस्ने भनिएको बैठक दुई घण्टाका लागि सारिएको उल्लेख छ।
कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबट हटाएको विरोधमा प्रतिपक्षी दलले संसद् अवरुद्ध गर्दै आएका छन्।
प्रकाशित: १५ चैत २०८१ १३:४९
प्रतिक्रिया