सहरमा आजः कमलादीमा मुक्तक वाचन कार्यक्रम, ‘अञ्जिला’ को उच्च सो सहित हलमा कुनकुन फिल्म?

हिमाल प्रेस १६ चैत २०८१ ६:२७
14
SHARES
सहरमा आजः कमलादीमा मुक्तक वाचन कार्यक्रम, ‘अञ्जिला’ को उच्च सो सहित हलमा कुनकुन फिल्म?

काठमाडौँ- चैतको तेस्रो शनिबार। केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरुको विवरण संकलन गर्दै आइरहेका छौँ। जो फुर्सदमा हुनुहुन्छ उहाँहरुको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ।

यो साता हलमा ‘डोरी’, ‘अञ्जिला’, ‘आउट लः दफा २१९’, ‘होस्टेल ३’, ‘लाज शरणम्’, ‘राजागंज’, चलिरहेको छ। यसबाहेक केही हिन्दी र अंग्रेजी फिल्मको पनि सीमित सो छ। त्यस्तै साहित्यमा रुची हुनेका लागि देशका चर्चित मुक्तककारहरुको मुक्तक वाचन कार्यक्रम पनि रहेको छ।

विस्तृतमा हेरौं कहाँ केके हुँदैछ?

टिकटमा मुक्तक कार्यक्रम-२०८१

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण सभा हलमा ‘टिकटमा मुक्तक कार्यक्रम-२०८१’ हुँदैछ। मोफसल तथा उपत्यकाका चर्चित ११ जना मुक्तककारले मुक्तक वाचा गर्दैछन्। उपत्यकाबाट उदास कार्की, सन्तोष अम्गाईं, मीना चौलागाईं, पार्वती भट्ट, अनुराधा ढकाल र दीक्षा भण्डारी छन् भने मोफसलबाट रुद्र ज्ञवाली, हरिकृष्ण काफ्ले, खगेन्द्र गिरी ‘कोपिला’, मदन भण्डारी र सरु लामिछानेले मुक्तक सुनाउनेछन्। कार्यक्रम दिउँसो १२ः१५ मा सुरु हुनेछ। कार्यक्रममा प्रवेश शुल्क दर रु.२०० रुपैयाँ तोकिएको छ।

कार्यक्रम नेपाल मुक्तक प्रतिष्ठान, घुम्ती मुक्तक नेपाल, मुक्तक मञ्च काठमाडौँ र ‘मुक्तकालय नेपाल’ को संयुक्त आयोजना गरेको हो।

हलमा कुन कुन फिल्म?
डोरी
चैत १५ देखि हलमा फिल्म ‘डोरी प्रदर्शन भइरहेको छ। फिल्मका लेखक तथा निर्देशक अरुण लामा हुन्। निर्देशक अरुणसँगै फिल्ममा प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्र सिंह कुशवाहा, शारदा अधिकारी, प्रेम सुब्बा, सजन श्रेष्ठ, रामबाबु रेग्मीलगायत कलाकारको अभिनय छ। सामाजिक कथामा आधारित फिल्ममा कमेडी, थ्रिलर र हरर जनरा मिश्रण गरिएको छ।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, सिभिल मल, छाया सेन्टर, सिटी स्क्वायर मल, लबिम मल, दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुरमा फिल्मको १२ सो छ। वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, बिग मुभिज, एफक्यूब सिनेमाज, सिडिसी सिनेमाज, सिके सिनेमाज, बिएसआर मुभिज, विश्वज्योति हल, रञ्जना सिनेप्लेक्स, सिटी सिनेमाजमा फिल्म ‘डोरी’ चलिरहेको छ।

द्रौपदी
चैत ८ देखि हलमा फिल्म ‘द्रौपदी’ प्रदर्शन भइरहेको छ। ऋषिराज आचार्य निर्देशित फिल्ममा बहुपति प्रथा तोडिनुपर्छ भन्ने सन्देश दिन खोजिएको छ। महिलाको कथामा बनेको फिल्ममा निर्देशक आचार्य नै मुख्य भूमिकामा छन्। साथै फिल्ममा आश्विनी शाही, गायक रवि ओड, सुजाता तिमिल्सिना, कबिराज भाम, जेल्सन अधिकारी, बिष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारीलगायत कलाकारको अभिनय छ। रवि र आश्विनीले यही फिल्मबाट डेब्यु गरेका हुन्।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत सिटी स्क्वायर मल, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मलमा फिल्मकाे सो छ।

राजागंज
चैत १ देखि हलमा फिल्म ‘राजागंज प्रदर्शन भइरहेको छ। दीपक रौनियारको निर्देशित फिल्ममा २०७२ सालमा संविधान जारी भएपछि विरोधमा भएको मधेस आन्दोलनलाई केन्द्रित गर्दै बालक अपहरणको कथा प्रस्तुत गरेको छ। त्यही बालक खोज्न प्रहरीले गरेको कार्यलाई फिल्ममा देखाइएको छ।

फिल्ममा आशा मगराती, दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल लगायत कलाकारको अभिनय छ। शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत छाया सेन्टर र रञ्जना सिनेप्लेक्स मा फिल्म ‘राजागंज’ चलिरहेको छ।

अञ्जिला
राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको बायोपिक फिल्म हो ‘अञ्जिला’। फिल्ममा उनको बाल्यकाल, खेलप्रतिको सपना, पारिवारिक उतारचढावबीचको संघर्ष र कप्तानसम्म सफलताको कथा देखाइएको छ।
यो फिल्म फागुन २९ देखि हलमा चलिरहेको छ। फिल्मले १३ दिनमा आठ करोड सात लाख ग्रस कलेक्सन गरेको निर्माण टिमको दाबी छ। एञ्जिला स्वयःको अभिनय रहेको फिल्ममा अभिनेता दयाहाङ राई र अभिनेत्री सिर्जना सुब्बा उनका बुवाआमाको भूमिकामा छन्। फिल्मका निर्देशक मिलन चाम्स हुन्। फिल्ममा अन्य कलाकार सुनिल थापा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङलगायत छन्।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, सिटी स्क्वायर मल, दरबार सिनेम्याक्स, भाटभटेनी भक्तपुर, लबिम मल, सिभिल मल र छाया सेन्टरमा फिल्मको ३० सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, सिके सिनेमाज, सिटी सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, विश्वज्योति हल, सिडिसी सिनेमाज, कीर्तिपुर सिनेप्लेक्स, सिके सिनेमाजमा फिल्म ‘अञ्जिला’ चलिरहेको छ।

आउट लः दफा २१९
फिल्म ‘आउट लः दफा २१९’पनि फागुन २९ देखि हलमा प्रदर्शन भइरहेको छ। एक्सन जनरामा बनेको फिल्ममा सुशिल श्रेष्ठ मुख्य भूमिकामा छन्। फिल्म विक्की महर्जनको लेखन तथा निर्देशनमा बनेको छ।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत राइजिङ मल, सिभिल मल, छाया सेन्टर, सिटी स्क्वायर मल, लबिम मल, भाटभटेनी भक्तपुरमा फिल्मको १२ सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, सिडिसी सिनेमाज, रञ्जना सिनेप्लेक्स, सिटी सिनेमाज, बिएसआर मुभिज, विश्वज्योति हल, कीर्तिपुर सिनेप्लेक्स, सिके सिनेमाजमा फिल्म ‘आउट लः दफा २१९’ प्रदर्शनरत छ।

होस्टेल ३
फागुन २३ देखि हलमा ‘होस्टेल ३’प्रदर्शन भइरहेको छ। फिल्मले पहिलो साता ४ करोड ३२ लाख कमाएको टिमको दाबी छ।
होस्टेलकै कथामा बनेको फिल्ममा सबै कलाकार नयाँ छन्। सशान कँडेलको निर्देशित फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतको अभिनय छ। फिल्ममा युवापुस्ताको क्याम्पस जीवनका संघर्ष, मित्रता र रमाइलो क्षणहरूको कथा देखाइएको छ।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत सिटी स्क्वायर मल, लबिम मल र भाटभटेनी भक्तपुरमा फिल्मको ६ सो छ।
वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, बिग मुभिज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, विश्वज्योति हल, सिके सिनेमाज, सिटी सिनेमाज, फिल्म ‘होस्टेल ३’ चलिरहेका अन्य हल हुन्।

लाज शरणम्
फागुन १४ देखि हलमा फिल्म ‘लाज शरणम्’ चलिरहेको छ। फिल्मका लेखक तथा निर्देशक कुमार कट्टेल हुन्। जेपिटी क्रियसनले निर्माण गरेको फिल्ममा चर्चित टेलिफिल्म ‘सक्किगोनी’का सम्पूर्ण कलाकारको अभिनय छ। त्यसबाहेक सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, प्रशान्त ताम्राकार, विजय लामा, रामभजन कामत, महेश त्रिपाठीलगायतको पनि अभिनय छ।

शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत भाटभटेनी भक्तपुर र सिभिल मल, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, बिग मुभिजमा फिल्म ‘लाज शरणम्’ को सो छ।

मिकी १७
हलिउड फिल्म ‘मिकी १७’ फागुन २३ देखि हलमा प्रदर्शन भइरहेको छ। फिल्म एडभेञ्चर र ड्रामा जनरामा बनेको छ। बोङ जुन होले निर्देशन गरेको फिल्ममा रोबर्ट प्याटिनसन, टोनी कोलेट, मार्क रफालो, स्टीवन युन, नाओमी अकीथोमस टर्गुजलगायत कलाकारको अभिनय छ। शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत छाया सेन्टर र लबिम मलमा फिल्मको तीन सो छ।

बलिउड ‘छावा’
बलिउड फिल्म ‘छावा’ पनि फागुन २ देखि नेपालमा प्रदर्शन भइरहेको छ। ड्रामा र एक्सन जनरामा बनेको फिल्ममा विक्की कौशल र रश्मिका मन्दाना मुख्य भूमिकामा छन्। शनिबार उपत्यकाको क्युएफएक्स सिनेमाअन्तर्गत दरबार सिनेम्याक्स, बिग मुभिज, मा फिल्मको सो छ।

प्रकाशित: १६ चैत २०८१ ६:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast