
काठमाडौँ- समाजवादी मोर्चाको शक्ति प्रदर्शनले फिल्म ‘पिताम्बर’ को उत्सव कार्यक्रम स्थगित भएको छ। मोर्चाले शुक्रबार अर्थात् भोलि भृकुटीमण्डपमा सरकारविरुद्ध जन प्रदर्शन गर्ने भएपछि उत्सव कार्यक्रम स्थगित गर्नुपरेको फिल्मकी निर्देशक कृषा चौलागाईंले जानकारी दिइन्।
सोही ठाउँमा दर्शकको भब्य उपस्थितिसहित उत्सवको रुपमा पिताम्बरको ट्रेलर सार्वजनिक गर्ने तयारी थियो। ‘हामीले फिल्मको उत्सव कार्यक्रम शुक्रबार भृकुटीमण्डपमा गर्ने घोषणा गरेका थियौँ। त्यही नै राजनीतिक दलको प्रदर्शन हुने भएपछि स्थगित गर्नुप¥यो। अब केही दिनको राजनीतिक स्थिति हेरेर मात्र ट्रेलर सार्वजनिक गर्छौ।’ उनले भनिन्।
यही चैत २९ मा प्रदर्शन हुने फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, सुरवीर पण्डित, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्टलगायत कलाकारको अभिनय छ।
फिल्ममा बाल कलाकार आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी ९अनमोल० ले समेत अभिनय गरेका छन्।
फिल्ममा विशाल चौलागाईं निर्माता, पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता छन्।
फिल्ममा प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व निर्देशन छ। केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको ब्यानरमा बनेको छ।