सिमोस सुनुवार निर्देशित ‘जन्ते बाख्रो’ जेठ २३ मा प्रदर्शन हुने

हिमाल प्रेस १४ चैत २०८१ १०:४६
12
SHARES
सिमोस सुनुवार निर्देशित ‘जन्ते बाख्रो’ जेठ २३ मा प्रदर्शन हुने

काठमाडौँ- फिल्म ‘जन्ते बाख्रो’ आगामी जेठ २३ मा प्रदर्शन हुने भएको छ। निर्माण टिमले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन्।

पोस्टरको नेपत्थ्यमा हिमाल र पहाडको प्राकृतिक सौन्दर्यको संगम देखिएको छ। साथै एकातर्फ अभिनेता आशिफ शाह र अभिनेत्री गरिमा शर्मालाई रोमान्टिक अवतारमा देखिएका छन् भने अर्कोतर्फ अभिनेता सौगात मल्ल निराश भावमा कतै हेरिरहेका छन्। उनीहरुको बीचमा चस्मा लगाएको बाख्रो छ। निर्माण टिमले जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो रुपमा चित्रण गर्न खोजेको बुझ्न सकिन्छ।

सिमोस सुनुवारको निर्देशनमा बनेको फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन्। फिल्ममा सौगात, आशिफ र गरिमासँगै रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारको अभिनय छ।

सामाजिक कमेडी कथावस्तुमा निर्माण फिल्मका निर्माता सन्तोष गौतम हुन्। मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्म हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिव भक्तिको सम्पादन र रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) को पोस्टर डिजाइनमा बन्ने छ।

प्रकाशित: १४ चैत २०८१ १०:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast